महजोडीको मुख्य भूमिका रहने ‘महापुरुष’को निर्माण घोषणा – Nepal Press

महजोडीको मुख्य भूमिका रहने ‘महापुरुष’को निर्माण घोषणा

काठमाडौं । वरिष्ठ हास्य कलकार महजोडीको मुख्य भूमिका रहने सिनेमा ‘महापुरुष’को निर्माण घोषणा गरिएको छ ।

वैशाख दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् ।

षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दीपेश खत्री निर्माताको रूपमा छन् । सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल सिनेमामा सहकार्य गरिसकेका छन् । यो उनीहरूको तेस्रो सहकार्य हो ।

निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि सिनेमा निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् ।

सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही सिनेमाबाट अभिनेताको रूपमा डेव्यु गर्दै छन् ।

यस्तै, निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमामा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले खिच्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर