झापाकाे गाैरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु – Nepal Press

झापाकाे गाैरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मन माया थापा रहेकी छन् ।

घर नजिकै काम गरिरहेको अवस्थामा आइतबार  दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर