केपी ओलीको प्रश्न- आज भनेको भोलि आइपुग्छ रेल, धागो तान्या होर ? – Nepal Press

केपी ओलीको प्रश्न- आज भनेको भोलि आइपुग्छ रेल, धागो तान्या होर ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउनको लागि समय लाग्ने बताएका छन् ।

पर्वत सदरमुकाम कुस्मामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मैले पहिल्यै यस ठाउँमा भनेको थिए सम्झी रहनु भएको रहेछ एक जना पत्रकार महोदयले हिजो पनि पत्रकार सम्मेलनमा उठाउँदै हुनुहुन्थ्यो खै त रेल ? अनि आज भनेको भोलि नै आइपुग्छ रेल ? धागो तान्या होर ?’

ओली यसअघिको निर्वाचनमा आफ्नो पार्टीको सरकार बनेको खण्डमा मध्य पहाडी रेल मार्गको स्थापना हुने र पर्वतको कुस्मामा ट्रेन स्टेसन बन्ने घोषणा गरेका थिए ।

ओलीले आफ्नो नेतृत्वमा चीनको नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी नलाग्ने अवस्था सिर्जना हुने दाबी पनि गरेका छन् ।

उनले पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै काफी भएको धारणा पनि राखेका छन् ।

उनले भने, ‘गठबन्धनले एमालेको गुँड चलाउने प्रयास नगरे हुन्छ। हिजो हामीलाई अरिङ्गाल भन्थे । अरिङ्गाल कस्तो हुन्छ आगामी स्थानीय चुनावमा देखाइदिन्छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर