यस्तो छ ‘ए मेरो हजुर ४’ मा जी-बबको धमाकेदार र्‍याप, तीन घन्टामै आए तीन हजार प्रतिक्रिया ! – Nepal Press

यस्तो छ ‘ए मेरो हजुर ४’ मा जी-बबको धमाकेदार र्‍याप, तीन घन्टामै आए तीन हजार प्रतिक्रिया !

रिलिज भएलगत्तै ट्रेन्डिङमा

काठमाडौं । युवापुस्ता माझ सनसनी बनेका र्‍यापर जी–बबले पहिलोपटक चलचित्रका लागि ‘ए मेरो हजुर ४’ मा स्वर दिएका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा जीबबले गाएको र्‍यापको एउटा अंश सार्वजनिक गरिुएको छ ।

जी–बबले ए मेरो हजुरका लागि गाएको समाचार सार्वजनिक भएसँगै उनका फ्यानहरु यस गीतको व्यग्र प्रतिक्षामा थिए । गीत रिलिज हुनासाथै भ्यूज र कमेन्टको बाढी आएको छ । तीन घन्टामै तीन हजार प्रतिक्रियाहरु आइसकेका छन् । अधिकांस प्रतिक्रियामा जीबबको तारिफ गरिएको छ । रिलिज भएकाे एकछिनमै गीत ट्रेन्डिङमा उक्लिसकेकाे छ ।

¥याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेवल तेरो बाउ बोला ए…’ बाट जी–बब भाइरल भएका थिए । यस चलचित्रमा गाएको ¥यापमा पनि जी–बबले सोही फ्लेवर प्रस्तुत गरेका छन् । गीतका केही अंशमा ‘मिलेन लेबल…’ कै रिमिक्स जस्तो सुनिन्छ । यद्यपि, केही नयाँ स्वाद पनि थपेका छन् जीबबले ।

गीतका सुरुआती शब्द यस्ता छन्ः

सुहाउँदैन तँलाई कस्तो धाक देको

अर्कैसँग तँ हेरेर हाँस्देको

पूरा गरिराथेँ इच्छा अनि माग तेरो

तेरो बिहेमा गीत गाउँदै नाच्ने हो

जीबबले उनले आफ्नै स्टाइलमा गाएको र्‍यापले फ्यानहरुको तिर्खा पक्कै मेट्ने छ । अहिले र्‍यापको आधाजति पार्ट मात्र युट्यूवमा हालिएको हो । पूरा हेर्नलाई चलचित्रको नै प्रतिक्षा गर्नुपर्छ ।

गीतको भिजुअलमा पनि जीबब देखिएका छन् । साथै, चलचित्रका नायक नायिका अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ । एउटा क्लवभित्र जीबबले र्‍याप गाइरहेको देखाइएको छ ।

ए मेरो हजुर ४ को प्रमोसनल गीत हो यो । चलचित्रको अन्त्यमा यो गीतलाई एड्जस्ट गरिएको छ । जीबबले महंगो पारिश्रमिक लिएर यो ¥याप गाएका हुन् । यसले चलचित्रको व्यापारलाई समेत बुस्ट गर्ने निर्माण पक्षको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर