गठबन्धनको अनौठो सिण्डिकेट– एकले अर्काका कार्यकर्ता र मतदातालाई पार्टी प्रवेश गराउन नपाउने – Nepal Press

गठबन्धनको अनौठो सिण्डिकेट– एकले अर्काका कार्यकर्ता र मतदातालाई पार्टी प्रवेश गराउन नपाउने

काठमाडौं । कर्पोरेट हाउसहरुमा एकले अर्काका कामदारलाई आफ्नोमा नतान्ने भद्र सहमति हुने गरेका कहिँ कतै सुनिएको हो । तर राजनीतिक दलमा पहिलोपटक सिण्डिकेटको अभ्यास गर्न खोजिएको दस्तावेज सार्वजनिक भएको छ ।

धादिङमा क्रियाशील सत्ता गठबन्धनमा आबद्ध चारवटा राजनीतिक दलले गठबन्धन दलबीच एकले अर्को पार्टीका कार्यकर्ता तथा समर्थकलाई पार्टी प्रवेश गराउन नपाउने लिखित सहमति भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलसहित उपस्थित भएको बैठकले गरेको ८ बुँदे निर्णयमा एकले अर्काका कार्यकर्ता तथा मतदातालाई पार्टिमा प्रवेश नगराउने निर्याय समेत गरिएको छ ।

निर्णयको बुँदा नम्बर ७ मा भनिएको छ–गठबन्धन दलहरुबीच एक आपसमा आरोप प्रत्यारोप नगर्न र गठबन्धन दलबीच एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश नगराउने निर्णय गरियो ।

चार दलीय गठबन्धनको यो निर्णयसँगै ती दलसँग आबद्ध वा ती दल नजिकका मतदाताले अब गठबन्धनमा आबद्ध दलमा प्रवेश गर्न नपाउने भएका छन् । यस्तो निर्णय सम्भवतः नेपालमै पहिलो हो । बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धकै तर्फबाट जान केन्द्रीय नेतृत्वलाई अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर