ओलीको टिप्पणी- मेडिकल कलेज खोल्न नदिन एक जनाले सुत्दिम ? भनेपछि सरकार थरर – Nepal Press

ओलीको टिप्पणी- मेडिकल कलेज खोल्न नदिन एक जनाले सुत्दिम ? भनेपछि सरकार थरर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल खोल्ने र डाक्टर तथा इन्जिनियर पढाउने कलेज खोल्ने भन्नासाथ सरकारलाई थर्काउने गिरोह बलशाली बनिरहेको टिप्पणी गरेका छन् ।

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा डाक्टर र इन्जिनियर पढ्ने विद्यार्थी पठाउने व्यापारिक गिरोहले क्याम्पेन चलाउने गरेको बताए ।

ओलीले भने– यहाँ त स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने ? उसले सुत्दिम त ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी जो विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।

नेपालमा मेडिकल कलेज खुल्दा विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्ने भएपछि केही व्यक्तिलाई उकासेर अनसनका नाममा सुताउने गरिएको ओलीले बताए ।

अनसनविद् डा. गोविन्द केसीको नाम नलिई ओलीले सबै पुर्वाधार,विद्यार्थी र शिक्षक तयार हुँदा पनि एउटा व्यक्तिले नखाई बस्दिन्छु भनेपछि सरकार डराएर त्यस्ता शिक्षण संस्थाहरूलाई अनुमति दिन नसक्ने अवस्था उत्पन्न भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर