रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्वलन – Nepal Press

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्वलन

रुपन्देही । विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै मानव अधिकार तथा शान्ति समाजले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरेको छ ।

दीप प्रज्वलनमा सहभागीहरूले युद्धलाई निषेध र शान्ति प्रवर्द्धनको कामनासँगै हिमालय बचाउन र नदी जोगाउन समेत अपिल गरेका छन् ।

दीप प्रज्वलनका क्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी विश्व शान्तिको मुहान भएकाले रुससहित विश्वलाई शान्तिको सन्देश दिन लुम्बिनीमा दीप प्रज्वलन गरिएको बताए । युद्धले कसैको जित नभई क्षति मात्रै हुने भएकाले सबैले शान्तिको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

समाजले चैत १७ गते गोरखाबाट सुरु गरेको हिमालय बचाऔँ, नदी जोगाऔँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध : शान्ति विशेष र लागु औषध/मदिरा दुर्व्यसनविरुद्धको अभियानको पहिलो चरण यस कार्यक्रमसँगै समापन भएको जनाएको छ ।

कार्यक्रममा समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरू र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमान्थाङसहित लुम्बिनी, बाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरी २० जिल्लाका २२ स्थानमा सभा सम्पन्न भएको समाजले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर