कांग्रेस नेता महर भन्छन्- गठबन्धनले उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्छ – Nepal Press

कांग्रेस नेता महर भन्छन्- गठबन्धनले उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशिताको मर्मलाई स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले आत्मसात् गर्नु पर्ने बताएका छन् ।

स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन विषयमा छलफल गर्न आयोजित कार्यक्रमका नेता महरले प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा महिला उम्मेदवार दिनुपर्ने बताए ।

महरले भने, संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा दलहरूले अनिवार्य रूपमा महिला उम्मेदवार बनाउनु पर्ने भनेको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्दछ भन्ने हो  । यसर्थ कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन ।’

कार्यक्रममा सहभागीहरूले गठबन्धनका कारण महिला उम्मेदवारको सङ्ख्या घट्नेमा चिन्ता व्यक्त गरेका थिए ।

अहिले ५१ दशमलव ४५ प्रतिशत महिलाको उपस्थिति तथ्यांङकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर