राजदूत नियुक्ति सिफारिस- माधव नेपालका ज्वाइँदेखि शर्मिला पराजुलीसम्म (सूचीसहित) – Nepal Press

राजदूत नियुक्ति सिफारिस- माधव नेपालका ज्वाइँदेखि शर्मिला पराजुलीसम्म (सूचीसहित)

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नु अघि व्यापक राजनीतिक नियुक्तिहरु गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले २० देशका राजदूत नियुक्ति गर्दा पूर्व सांसददेखि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेकासम्मलाई अवसर दिएको छ ।

राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा अध्यक्ष माधव नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली समेत परेकी छन् । त्यस्तै श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र उर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालका बहिनी ज्वाइँ हुन् ।

पोखरेल अष्ट्रेलिया र पराजुली स्पेनको लागि सिफारिस भएको बताइएको छ । चीनको राजदूतमा माओवादी कोटाका बिष्णु पुकार श्रेष्ठ परेका छन् । त्यस्तै जसपाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने मौका पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजिनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योती प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।

स्रोतका अनुसार दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन् । रसियाको राजदूतका लागि मिलन तुलाधर सिफारिस भएका छन् भने श्रीलंकामा बासुदेव मिश्र छन् । यिनीहरु सबै राजनीतिक दलको कोटाबाट भएका हुन् ।

त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस भएका छन् ।

परराष्ट्र सेवाबाट सहसचिवहरु दुर्गाबहादुर सुवेदी,घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको छ ।


प्रतिक्रिया

One thought on “राजदूत नियुक्ति सिफारिस- माधव नेपालका ज्वाइँदेखि शर्मिला पराजुलीसम्म (सूचीसहित)

  1. केपिले माधवका ज्वाईलाई नियुक्ती नदिए कै कारण पार्टी फुटाएकाे । अहिलेत पाउनै पर्याे । देउवालाई प्रधानमन्त्री बनाएकाे गुण तिरेकाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर