पार्टी निर्णयविपरीत विप्लव नेकपाका प्रवक्ताले निर्वाचन आयोग पुगेर भने- चुनावमा जान्छौं – Nepal Press

पार्टी निर्णयविपरीत विप्लव नेकपाका प्रवक्ताले निर्वाचन आयोग पुगेर भने- चुनावमा जान्छौं

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आज एक्कासी निर्वाचन आयोगमा देखिए । उनले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन पार्टीका केही माग पेस गरेका छन् ।

विप्लवको पार्टीको भर्खरै मात्र कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले निर्वाचनमा नजाने निर्णय गरेको थियो । तर, निर्णयको केही दिन पनि बित्न नपाउँदै सचिवालय सदस्य ‘प्रकाण्ड’ ले निर्वाचनमा जाने बताएका छन् ।

आयोगको कार्यालयमा देखिएका उनीसँग पत्रकारको कुराकानी यस्तो थियो ।

पत्रकार– आज किन निर्वाचन आयोग पुग्नुभएको हो ?

प्रकाण्ड– निर्वाचन आयोगसँग परामर्श गर्न आएका हौं । अहिलेको सोसल पोलिटिक्सको बारेमा, त्यसपछि गएर निर्वाचनको बारेमा ।

पत्रकार– तपाईंको पार्टीमा निर्वाचनमा जाने र नजाने भन्ने विषयमा केन्द्रिय समितिको बैठकमा विवाद भएको थियो नि ?

प्रकाण्ड– होइन, हामी चुनावमा जान्छौं ।

पत्रकार– अनि दल दर्ता गर्नुपर्ला ?

प्रकाण्ड– त्यसमा के रहेछ भनेर म बुझ्न आएको हो ।

यो पनि पढ्नुस् : चुनावमा भाग लिने वातावरण बनाउन आयोगसमक्ष प्रकाण्डका तीन माग


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर