एमालेको धरानमा गुमेको विरासत फर्काउन मनोज मेन्याङ्बो कमब्याकको चर्चा – Nepal Press

एमालेको धरानमा गुमेको विरासत फर्काउन मनोज मेन्याङ्बो कमब्याकको चर्चा

सुनसरी । पूर्वमा वामपन्थी गढको रूपमा चिनिएको धरानउपमहानगरमा नेकपा एमाले र नेपाली कांग्रेसलाई यसपालीको स्थानीय तहको निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।

कांग्रेसले गठबन्धनका घटकहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र जनमोर्चाको साथ र सहयोगमा २०७६ मंसिरको उपनिर्वाचन दोहोर्‍याउने सपना देखेको छ ।

एमालेले भने ०७४ असारको नतिजालाई दोहोर्‍याउँदै आफ्नो पुरानो साख फकाउने चुनावी रणनीति बनाइरहेको छ । धरानको राजनीतिक इतिहासलाई पछाडि फर्केर हेर्दा पहिलो पटक २०१५ सालमा आम निर्वाचन हुँदा कांग्रेसका डिट्ठा ज्ञानचन्द्र सरदारले जितेका थिए । त्यसपछि ०१७ सालमा नगरपालिका घोषणा भएसंगै वामपन्थी उम्मेदवारहरू नै लगातार मेयर भए ।

एक पटक उपमेयर एक पटक मेयर हुँदा कुनै पनि आर्थिक विवादमा नपरेका मेन्याङ्बोको छबी कडा स्वभावको नेताका रूपमा स्थापित छ । उनी टिकटका लागि नेताहरूसँग लबिङ नगर्ने तर जनताको साथमा रहने नेताका रूपमा चर्चित छन् ।

०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको पालामा ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए। ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले वामपन्थी जितलाई निरन्तरता दिए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले जित्दा कांग्रेसका उम्मेदवार तिलक राई दोस्रोमा थिए । सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउँदा तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए । मेयरमा जितेको एक वर्ष नपुग्दै ०७५ साउन १ गते सुब्बाको निधन भयो । उपमेयर मञ्जु भण्डारीले कार्यवाहक मेयर पद सम्हालिन् ।

०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराए । तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत मात्र पाए । एमाले एक्लैले जितेको धरान माओवादीसहितको नेकपाले गुमाउनु भनेको कम्युनिष्ट गढ भत्किनु थियो ।

जितपछि मेयर तिलकले पटक पटक भनेका थिए, ‘धरानमा कांग्रेसको ऐतिहासिक जित भएको छ । तर, कांग्रेसको भोटले मात्र मैले जितेको होइन ।’

उनले चुनावी एजेण्डा बनाएका थिए, कर राजश्वको दर घटाउने । हवाई मैदान बनाउने, खानेपानी योजना सफल बनाउने, सुकुम्बासीलाई धनीपुर्जा दिने आदि । तर उनको दुइबर्षे कार्यकाल गफैगफमा वित्यो । न कर राजश्व घटाए, न कुनै सम्झन योग्य विकास निर्माण नै गरे ।

हौसिएका कांग्रेसका तिलक राईले यसपटक पनि मेयर दोहोर्‍याउने लालसा देखाइरहेको बेला उनकै दलबाट एन्फाका उपाध्यक्ष समेत रहेका पूर्वधरान नगर सभापति किशोर राई, क्षेत्रीय सभापति सुजेन्द्र गोले, प्रदेश महासचिव उमेश कोइरालाले चुनौती दिइरहेका छन् ।

उनलाई पार्टीमा निस्क्रिय बसेको आरोप लागेको थियो । यही विषयलाई लिएर पार्टीभित्रका केही समूहले टिकट दिन नहुने बताउँदै आएका छन् । तर, धरानमा एमालेले जित्नका लागि उनको विकल्प नभएको चर्चा सुरू भइसकेको छ । उनको खरो र पारदर्शी स्वभावका कारण पार्टीभित्रैको एउटा समूह पनि रोक्न प्रयासरत छ ।

गठबन्धनमार्फत धरानमा एमालेलाई हराउने रणनीति कांग्रेसले बनाएको छ । यसबीच प्रमुख पदमा गठबन्धनकै नेकपा माओवादी केन्द्रले पनि दाबी गरिरहेको अवस्था छ । कांग्रेस आफैंले प्रमुख पद राखेर गठबन्धन घटकलाई उपमेयर र वडाध्यक्ष दिने तयारी गरेको छ । तर, धरानमा नेकपा एस र जसपाको समेत दाबी छ । अशोक राई अघिल्लो संसदीय चुनाव लडेको क्षेत्र समेत भएकाले जसपाले धरानलाई प्रतिष्ठानको विषय बनाउन सक्छ ।

धरानका २० वटा वडामध्ये ०७४ को चुनावमा एउटा वडामामात्र माओवादीले जितेको थियो भने चारवटा वडामा कांग्रेसले जितेका थिए । बांकी १५ वटा वडा एमालेले कब्जा जमाएको थियो ।

०७४ को निर्वाचनमा १५ वटा वडा जितेर बलियो उपस्थिति जनाएको एमालेले उपनिर्वाचनमा पराजित हुनुमा कमजोर उम्मेदवार, उपमेयर मञ्जु भण्डारी कार्यवाहक मेयर भएको बेला विवादित भइरहनु आदि कारणहरू रहेको विश्लेषण यहाँ भइरहेको छ ।

अव यसपटक धरानमा के गर्छ एमाले ?

सत्तासाझेदार दलबीच चुनावी गठबन्धन गर्ने राजनितिक र सैद्धान्तिक सहमति भएको छ । यो कुरा व्यवहारमा लागू भए धरानमा एकातिर एमाले हुनेछ भने अर्कोतिर कांग्रेससहित गठबन्धन दलहरू आमने-सामने हुने छन् । बुधबारमात्रै सुनसरीमा सत्ता गठबन्धनले वडादेखि नै साझा उम्मेदवार र साझा घोषणापत्रमा चुनाव लड्ने निर्णय गरिसकेको छ ।

धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेका छन् । बढीमा ७० प्रतिशत मत खसेमा मेयर पद जित्नेले धरानमा ३५ हजार मत कटाउनुपर्ने बाध्यता छ । धरानमा ०७६ मा कांग्रेसले २६ हजार ७ सय ९, एमालेले २३ हजार ९ सय १४ र लिम्बुवानले १ हजार १ सय ३१ प्राप्त गरेका थिए । माओवादी केन्द्र र एमाले एउटै पार्टी हुँदा समेत प्रकास राई पराजित भए तिलक राईसंग ।

जवकी चुनावका बेला कांग्रेसका स्थानीय नेताहरूले नै भनिरहेका थिए धरानमा कांग्रेसलाई एकछापे भोट हान्ने विशुद्ध कांग्रेसी ८ हजारभन्दा बढी छैन । बाँकी भोटमध्ये माओवादी, एमाले भित्रैका असन्तुष्ट गुट र सुकुम्बासीहरूले तिलकलाई दिएको पछि खुलेको थियो ।

हौसिएका कांग्रेसका तिलक राईले यसपटक पनि मेयर दोहोर्‍याउने लालसा देखाइरहेको बेला उनकै दलबाट एन्फाका उपाध्यक्ष समेत रहेका पूर्वधरान नगर सभापति किशोर राई, क्षेत्रीय सभापति सुजेन्द्र गोले, प्रदेश महासचिव उमेश कोइरालाले चुनौती दिइरहेका छन् ।

यसपटक भने न गठबन्धनलाई सहज छ न एमालेलाई । धरानमा नेकपा एमालेबाट निर्वाचनका लागि ८ जना आकांक्षी रहेपनि जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने पार्टीभित्र आवाज उठिरहेको छ । एमालेको लागि धरानमा जित्नु प्रतिष्ठाको विषय भएकाले जित्ने उम्मेदवारलाई टिकट नदिए सदाका लागि धरान एमालेबाट फुत्केर कांग्रेसको पोल्टामा जाने विश्लेषण पार्टीभित्रै हुन थालेको छ ।

एमालेबाट मेयरका लागि पूर्वमेयर मनोजकुमार मेयाङ्बो, मिन सुब्बा, मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजय राई, प्रकाश राई, पदम इस्बो र नारायण सुवेदी आकाङ्क्षी रहेका छन् । तर, एमालेका एक नेताका अनुसार अन्तिम नामावली मनोज कुमार मेन्याङ्बो, मोतीराज सुनुवार, मिन सुब्बा र मञ्जु भण्डारीको सिफारिस हुनसक्छ । एमालेले महानगर र उपमहानगरका मेयर उपमेयरको टिकट केन्द्रबाट तय गर्नेछ ।

कांग्रेससहित गठबन्धन दलका नेताहरूले एमालेले मनोजकुमार मेयाङ्बो टिकट नपाउन् भन्न चाहेका छन् । धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सांस्कृतिक र भौतिक विकास निर्माणको २० बर्षे दीर्घकालीन भिजनसहितको योजना बनाएर मुलुकमै पहिलोपटक जनसहभागितामा आधारित विकासे मोडल कार्यान्वयन गर्न सफल मेन्याङ्बो ०५४ पछिको पाँच वर्षे कार्यकालमा मुलुककै चर्चित तीन मेयरमध्ये एक थिए ।

त्यसबेला काठमाडौंका मेयर केशव स्थापित, हेटौंडाका मेयर डोरमणी पौडेल र धरानका मनोजकुमार मेयाङ्बो चर्चामा थिए । पार्टीमा लामो समय व्यस्त रहँदा आर्थिकरूपले कमजोर भएपछि आफ्नो परिवार र आर्थिक स्थिति सुधार्न ६ वर्षका लागि पार्टीबाट बिदा लिएका मेयाङ्बो करिब ८ बर्षपछि फेरि फर्कँदा आफ्नै पार्टीभित्रका जुनियर नेताहरूसँग फेरि प्रतिस्पर्धा गर्न बाध्य भएका थिए ।

उनलाई पार्टीमा निस्क्रिय बसेको आरोप लागेको थियो । यही विषयलाई लिएर पार्टीभित्रका केही समूहले टिकट दिन नहुने बताउँदै आएका छन् । तर, धरानमा एमालेले जित्नकालागि उनको विकल्प नभएको चर्चा सुरू भइसकेको छ । उनको खरो र पारदर्शी स्वभावका कारण पार्टीभित्रैको एउटा समूह पनि रोक्न प्रयासरत छ ।

एक पटक उपमेयर एक पटक मेयर हुदा कुनै पनि आर्थिक विवादमा नपरेका मेन्याङ्बोको छबी कडा स्वभावको नेताका रूपमा स्थापित छ । उनी टिकटका लागि नेताहरूसँग लबिङ नगर्ने तर जनताको साथमा रहने नेताका रूपमा चर्चित छन् । सुनसरी एमालेका एक अगुवा नेताले भने,‘अब धरानमा पहिलेको जस्तो लौरो देखाएर यो एमाले उम्मेदवार हो भनेर जित्ने बेला गयो । यस्तो बेला गठबन्धन र कांग्रेसको सपना तोड्नका लागि धरानको विकास निर्माण र भविष्य निर्माणकालागि मनोज मेयाङ्बोको विकल्प छैन ।’

कतिपयले मेयाङ्बोको विकल्प जयकुमार राईमात्र हुनसक्ने भनिरहेका छन् । राई प्रतिनिधिसभाका सदस्य हुन् र उनले उम्मेदवार बन्ने चासो पनि दिएका छैनन् । धरानको चुनावमा जातीय फ्याक्टरले समेत काम गर्ने र सुकुम्बासी मत निर्णायक भएकाले मनोजतिर एमालेको शीर्ष नेतृत्वले ध्यान दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर