कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक : चुनावी एजेण्डाबारे छलफल – Nepal Press

कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक : चुनावी एजेण्डाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् ।

आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकासका एजेण्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए ।

समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर