दैलेखका ११ वटै स्थानीय तहमा तालमेल गर्ने चार दलको निर्णय – Nepal Press

दैलेखका ११ वटै स्थानीय तहमा तालमेल गर्ने चार दलको निर्णय

सुर्खेत । दैलेखमा पनि सत्ता गठबन्धनमा रहेका चार दलले नेकपा एमालेविरुद्ध तालमेल गरेर जाने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको जिल्ला नेतृत्वको आजको बैठकले ११ वटै स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय गरेको हो ।

कांग्रेस सभापति मणिराम रेग्मी, माओवादीका संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा एसका अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष लोगपाल थापा बैठकमा सहभागी थिए ।

बैठकपछि जारी संयुक्त अपिललमा निर्वाचनकेन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका प्रमुखसहित ७ जना सम्मिलित संयन्त्र गठन गरिएको उल्लेख छ । स्थानीय तहमा पनि संयन्त्र बनाउने जनाइएको छ ।

गठबन्धनलाई व्यवस्थित गर्न एक-अर्काको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न पनि कार्यकर्ता पंतिमा निर्देशन दिइएको छ ।

तर, एमाले अध्यक्ष रविन्द्रराज शर्माले भने गठब्धनलाई परास्त गर्ने दाबी गरे ।

‘अहिलेको चुनावमा हामी जिल्लाभरमा नै हाबी हुन्छौं । तपाईं हेर्दै जानुहोला, गठबन्धन नामधारीको जमानत जफत हुने गरी हाम्रो विजय हुनेछ ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर