सुर्खेतको भेरीगंगामा आगलागी, एक घर जलेर नष्ट – Nepal Press

सुर्खेतको भेरीगंगामा आगलागी, एक घर जलेर नष्ट

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १३ वडा कार्यालय नजिक आगलागी भएको छ ।

स्थानीय रत्नबहादुर थापाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीबाट १५ लाख बढीको क्षति भएको बताइएको छ । उनको घरमा बेलुका पाँच बजे आगो लागेको थियो । बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेका शिक्षक जगत सिंहले थापाको घर पूर्ण रूपमा क्षति भएको बताए ।

‘दुई बाख्रा मरेका छन् । घर बनाउनका लागि भन्दै जम्मा गरिएको नगद पाँच लाख, करिब तीन सय क्यु फिट सालको काठ, अन्नपात सबै जलेको छ ।’ उनले भने ।

आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । भेरीगंगा र गुर्भाकोट नगरपालिकाका दमकलले आगो निभाउने प्रयास जारी राखेका छन् ।

उनले आगलागीका कारण कम्तीमा पनि १५ लाखको क्षति भएको प्रारम्भिक अनुमान बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर