आयोगद्वारा स्थानीय निर्वाचन अधिकृत अदलबदल, ७१ जना हटाएर नयाँ नियुक्त (सूचीसहित) – Nepal Press

आयोगद्वारा स्थानीय निर्वाचन अधिकृत अदलबदल, ७१ जना हटाएर नयाँ नियुक्त (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ ।

आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ ।

नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

बुधवार देखी नै लागू हुने गरी ७१ जना निर्वाचन अधिकृत हटाइएको हो ।
यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृतबाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

2 thoughts on “आयोगद्वारा स्थानीय निर्वाचन अधिकृत अदलबदल, ७१ जना हटाएर नयाँ नियुक्त (सूचीसहित)

  1. ताेकिसकेका अधिकृत हटाउनु चाहिँ आचार संहिता उल्लंघन हाेईन ?

  2. छल कपट, धादली गर्न सक्ने चलाख चतुरे र सक्ष्यम लाई पठाएको होला :: जसरी नि जितिन्छ, ओली हराइन्छ त भनेकै थिए देउवा अनी त्यही ग्याङ्काहरुले !! जे गरे नि हुने हो अनी तिनका सबै कुरा लोकतान्त्रिक अनी संबैधानिक हुने हो !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर