माओवादीका बागलुङ नगर कमिटी अध्यक्ष केसी एमालेमा प्रवेश – Nepal Press

माओवादीका बागलुङ नगर कमिटी अध्यक्ष केसी एमालेमा प्रवेश

बागलुङ । नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी (पारस) बुधवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बागलुङमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ सहितका नेताहरूलाई केसीलाई पार्टीमा स्वागत गरे ।

केसीले एमसीसी अनुमोदन तथा कांग्रेससँगको गठबन्धन जस्ता विषयमा सैद्धान्तिक असहमति जनाउँदै हालै मात्र पार्टी परित्याग गरेका थिए ।


प्रतिक्रिया

One thought on “माओवादीका बागलुङ नगर कमिटी अध्यक्ष केसी एमालेमा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर