पूर्वगभर्नरको नजरमा यस्ता छन् देशको आर्थिक संकटतर्फ धकेलिनुका कारण – Nepal Press

पूर्वगभर्नरको नजरमा यस्ता छन् देशको आर्थिक संकटतर्फ धकेलिनुका कारण

रुपन्देही । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिदै गएको नेपाल राष्ट्रका पूर्वगर्भनर चिरञ्जीवी नेपालले बताएका छन् ।

बुधवार रिपोटर्स क्लब नेपाल लुम्बिनीले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले सो बताएका हुन् ।

कोरोनाभाइरस पश्चात आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तारमा अहिलेसम्मकै सबैैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको र जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको बेला लगानी गर्नु अशोभनीय हुन गएको बताए ।

उनले मुलुुकको आर्थिक अवस्थालाई मजबुत वनाउनका लागि हरेक कुरामा संचितिकरण गर्नुपर्नेमा ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनुपर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्नसक्ने रहेको भन्दै, सधै ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भीररुपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।

उनले भने– श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसासमेत नभएर सबै तहका परीक्षा रोकिएको घटनाजस्तै अवस्था नेपालमा तत्काल आउदैन, सरकारले रेमिट्यान्स बढाउने बारेमा लागेको देखेको छु । केही महिना भित्र रेमिट्यान्स बढ्छ । अहिले नै श्रीलंकाजस्तै स्थितिमा पुग्छ भनेर आत्तिनुपर्ने अवस्था छैन । अब आयतमाभन्दा निर्यातलाई जोड दिँदै स्थानीय तह र प्रदेश सरकार पनि केन्द्रमुखी मात्र नभई आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्नेछ ।

एमसीसी परियोजनाले नेपालमा आर्थिक मन्दी सुरु भएको हो भन्ने, हल्ला छ त ? भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा पूर्वगर्भनर नेपालले एमसीसीले आर्थिक मन्दी भएको हो भन्ने कुरा सत्य नभएको भन्दै भ्रम हटाउन आग्रह गरे । उनले नेपालको आर्थिक अवस्थालाई एमसीसीले कुनै असर नगरेको जिकिर गर्दै विकासलाई थप टेवा पु¥याउने बताए ।

तिलोत्तमा क्याम्पसका पूर्वप्रमुख एवम् अर्थशास्त्री डा. रामचन्द्र आचार्यले बिभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुले इकोनोमिक डिप्पोमेसीबारे काम नगरेको, दूरदर्शीताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा संचिति नहुनु, उत्पादन घट्नु र आयात बढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएको बताए । उनले यसप्रति चिन्ता व्यक्त गर्दै समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको सुझाव दिदै, श्रीलंकाको जस्तै स्थिति नेपालको पनि नहोला भन्न नसकिने बताए ।

एककिृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाईले बजारमा आर्थिक मन्दीको चरम संकट पैदा भएको भन्दै नेपाली मुद्रा कहाँ गइरहेको छ ? किन संकट पैदा भयो ? यस बिषयमा किन सरकारले कदम चाल्दैन ? भन्ने बारेमा सवाल उठाए ।


प्रतिक्रिया

One thought on “पूर्वगभर्नरको नजरमा यस्ता छन् देशको आर्थिक संकटतर्फ धकेलिनुका कारण

  1. पूर्व गभर्नरले सरकारले रेमिट्यान्स बढाउन काम गर्दैछ भनेछन् । सरकारले के काम गर्याे रेमिट्यान्स बढाउन ? बरू सुपारी मरिच आदि आयात गर्न दिएर कमिशनकाे लाेभमा देश डुबाउँदैछ । तस्करीकाे सेटिङ्लाई सहयाेग पुग्नेगरी प्रहरीमा जथाभावी सरूवा गर्दैछ । सरकार देश कंगाल बनाउन लाग्दैछ । यथार्थ कुरा बताउँ । दलाली भाषा नबाेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर