कांग्रेस लुम्बिनीले बनायो गठबन्धनमा भागवण्डा मिलाउन बेग्लै समिति, अध्यक्षमा पुन – Nepal Press

कांग्रेस लुम्बिनीले बनायो गठबन्धनमा भागवण्डा मिलाउन बेग्लै समिति, अध्यक्षमा पुन

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरुसंग वार्ता गरेर भागवण्डा मिलाउन प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ ।
संस्थापनइतर समूहका पुनले आफैसँग प्रदेश सभापतिमा पराजित देउवा समूहका भरत शाहलाई समेत यो समितिमा समेटेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमर सिंह पुनको संयोकत्वमा पाँ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यमा भरत शाह, भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना रहेका छन् ।

निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले सवैलाई न्यायोचित हुने गरी गठबन्धन दलसंग तालमेल गर्न वार्ता समिति गठन गरिएको बताए ।

बैठकले प्रदेश कार्य समितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा ११ सय १ जनाको प्रचार प्रसार समिति गठन गरेको छ ।
त्यसैगरी सभापति पुनको संयोजकत्व रहने र त्यसमा नेता भरतकुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरुसहितको निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

बैठकले माधव खरेलको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । जसको सदस्यमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्णप्रसाद अधिकारी रहेका छन् । सभापति पुनले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेख्न विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन गरिएको बताए । समितिका सदस्यहरु विभिन्न विज्ञता र योग्यताका आधारमा संयोजकले मनोनयन गर्ने उनको भनाइ छ ।

पार्टी केन्द्रको निर्देशन र स्थानीय कमिटीसँगको समन्वयमा उम्मेदारीलाई टुंगाउने र तालमेलका लागि पनि सोही अनुसार अगाडि बढिने सभापति पुनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर