विदेशी खेलाडीबाट अपेक्षित प्रदर्शन हुन सकेनः प्रशिक्षक कटुवाल – Nepal Press

विदेशी खेलाडीबाट अपेक्षित प्रदर्शन हुन सकेनः प्रशिक्षक कटुवाल

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब श्रीलंकाको ब्लु स्टार क्लबसँग पराजित हुँदै बाहिरिएको छ ।

दशरथ रंगाशालमा भएको खेलमा मछिन्द्रले राम्रै प्रदर्शन गरेपनि जित निकाल्न सकेन । अधिकांश राष्ट्रिय खेलाडी र विदेशी खेलाडीले भरिएको मछिन्द्रले ए डिभिजन लिगमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । तर आजको खेलमा मछिन्द्रका विदेशी खेलाडीले अपेक्षित प्रदर्शन नगरेको प्रशिक्षक प्रवेश कटुवालले खेलपछि आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘ विदेशी खेलाडीबाट अपेक्षित प्रदर्शन हुन सकेन । लिगमा पनि कम्जोर प्रदर्शन थियो र यो खेलमा पनि हामीलाई कमि खड्किएको थियो । नुर्लानले ६ यार्डमा गोल गर्ने अवसर पाएरपनि सदुपयोग गर्न सकेन । हामीले विदेशी खेलाडी परिवर्तन गर्न खोजेका थियौं तर पाएनौं, उनले भने ।’

पछिल्लो समय नेपाली फुटबलमा नेपाल सुपर लिग(एनएसएल) विवाद चर्चामा रहेको थियो । त्यसले मछिन्द्रलाई केहि प्रभाव नपरेपनि खेलाडी अनुबन्ध गर्न नपाउँदा घाटा भएको प्रशिक्षक कटुवाल बताउछन् ।

‘ क्लबमा एनएसएलको प्रभाव केही थिएन । एनएसएलले गर्दा खेलाडीहरु अनुबन्ध गर्न पाएनौं । त्यसले गर्दा अलि गाह्रो भयो । समग्रमा हाम्रो पदर्शन राम्रो भएको हो । सजिलो गोल गर्ने अवसर हररुलाई स्कोरमा कन्भर्ट गर्न नसक्दा हामीले नतिजा ब्लुस्टारलाई सुम्पिन पुग्यौं, कटुवालले थपे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर