बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्दै युक्रेनी अभिभावक – Nepal Press

बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्दै युक्रेनी अभिभावक

कीएभ । युक्रेनबाट एक हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको छ । तस्बिरमा एक बालिका डायपर लगाएर उभिरहेकी छिन्। उनको नाङ्गो पीठमा उनको नाम (भेरा माकोवी) र नम्बर लेखिएको छ।

यो उनको आमा साशा माकोवीले नै लेखेकी थिइन् । बच्चा रूसी आक्रमणमा परिन् भने पनि उनको पहिचान खुलोस् भनेर उनको आमाले पिठिउमा लेखेकी हुन् । बच्चा कसलाई सुम्पिनु पर्छ त्यो अगाडिको मान्छेले थाहा पाउनुपर्छ भनी लेखिएको हो ।

उक्त तस्बिर कीएभको पत्रकार अनास्तासिया लापाटिनाले ट्वीट गरेकी हुन् । उनले ट्वीटमा लेखेका छन्– ‘युक्रेनी आमाहरूले आफ्ना बालबालिकाको शरिरमा आफन्तको नाम र ठेगाना लेखिरहेका छन्, ताकि उनीहरू युद्धमा मारिए र आफ्ना छोराछोरी बाँचे भने आफ्ना प्रियजनसम्म पुग्न सकून् । युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ ।’

उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले इन्स्टाग्राममा पोस्ट गर्दै दुःख व्यक्त गरेकी छन् । पोष्ट स्थानीय भाषामा छ । साशाले पोष्टमार्फत आफ्नो पीडालाई सार्वजनिक गरिरहेकी छिन् । उनले युद्ध सुरु भएपछि छोरी भेराको ढाडमा र एउटा कागजको टुक्रामा सबै कुरा लेखेकी छन् ।

एक साताअघि युक्रेनको जापोरिजियाबाट यस्तै स्तब्धक कथा बाहिर आएको थियो । आफ्नो ११ वर्षीय छोरा हसन पिसेकालाई बचाउन जुलिया पिसेकाले आफूभन्दा टाढा अर्को देशमा पठाइन् । उनले छोरालाई राहदानी दिएर रेलमा बसाएर हातमा आफन्तको मोबाइल नम्बर लेखेर पठाइन् । हसन पिकाले अर्को देश स्लोभाकिया पुग्न ट्रेनमा एक्लै १ हजार किलोमिटर यात्रा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर