श्रीलंकामा गभर्नरले पनि दिए राजीनामा – Nepal Press

श्रीलंकामा गभर्नरले पनि दिए राजीनामा

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला श्रीलकांका केन्द्रीय बैंकका गभर्नर अजिथ निर्वाद काबराले पनी राजीनामा घोषणा गरेका छन् ।

सोमबार श्रीलंका सबै मन्त्रालयका २६ जना मन्त्रीहरूले संयुक्त राजीनामा दिएका थिए । मन्त्रीहरूको राजीनामा लगत्तै काबरालले ट्वीटरमार्फत राजीनामा घोषणा गरेका हुन् ।

‘सबै मन्त्रालयका मन्त्रीहरूले राजीनामा दिएको प्रसंगमा मैले आजै राष्ट्रपति गोटाबे राजपाक्सालाई राजीनामा पेस गरेको छु’, उनले लेखेका छन् ।

केही दिनयता चरम आर्थिक संकटविरुद्ध श्रीलंकामा चर्को प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति राजपाक्सा गोटाबेको राजीनामा मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर