पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिदेशीय टी-२० श्रृङखलाको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ ।

कमलसिंह ऐरीको स्थानमा सोम्पाल कामी प्लेइङ सेटमा परेका छन् ।

नेपाल लीग चरणमा सत प्रतिशत जितसहित फाइनल पुगेको हो भने पीएनजी एक खेल मात्रै जितेपनि रनरेटका आधारमा मलेसियाभन्दा अगाडी रहँदै फाइनल पुगेको थियो ।

नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने(कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसींह ऐरी, आसिफ शेख, करण केसी, अविनास बोहरा, दिलिप नाथ(विकेटकिपर), रोहित कुमार पौडेल, मोहमद आदिल अलाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर