ओलीले बुद्धिजीवीहरूलाई भने- पाँच दलहरू मुड्की उठाएर हाम्रा विरुद्ध छन्, एउटा राउण्ड किक दिएर पछार्नुपर्छ  – Nepal Press

ओलीले बुद्धिजीवीहरूलाई भने- पाँच दलहरू मुड्की उठाएर हाम्रा विरुद्ध छन्, एउटा राउण्ड किक दिएर पछार्नुपर्छ 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ‘ट्रेडमिल’ को यात्रामा नभई जमिनको यात्रामा रहेको बताएका छन् । पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘ट्रेडमिलमा व्यायाम त हुन्छ, दौड पनि हुन्छ । तर यात्रा तय हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘हामी त्यस्तो यात्रामा होइन । जमिनको यात्रामा छौँ । अगाडि बढेर लक्ष्य हासिल गर्ने यात्रामा छौँ ।’

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई लक्षित गर्दै त्यसलाई आफूहरूले सहजै पछार्ने पनि बताए ।

‘हामी अहिले व्यायामशालामा होइन रङ्गशालामा छौँ । हामी अहिले खेलको रिङमा छौँ,’ उनले भने, ‘पाँच दलहरू मुड्की उठाएर हाम्रा विरुद्ध पाँचतिरबाट घेरा गरिराख्या छन् । हामीले मजाको एउटा राउण्ड किक दिएर… सबलाई पछार्दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर