इमरान खानविरुद्धको अविश्वास प्रस्ताव अस्वीकार – Nepal Press

इमरान खानविरुद्धको अविश्वास प्रस्ताव अस्वीकार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकार भएको छ । राष्ट्रियसभाका उपसभामुख कासिम खान सुरीले पाकिस्तानको संविधान धारा ५ को विपरीत रहेको भन्दै अविश्वासको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रस्ताव अस्वीकार भएलगत्तै प्रधानमन्त्री इमरान खानले देशबासीका नाममा सम्बोधन गर्दै पुन:निर्वाचनका लागि तयार रहन अपिल गरेका छन् ।

पाकिस्तानमा आज बसेको तल्लो सदनको बैठकले विपक्षी गठबन्धनले अघि सारेको अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी थियो । विपक्षी गठबन्धनले कुल ३४२ सांसद मध्ये १७८ जना आफ्नो पक्षमा रहेको दाबी गरेका थिए । आज नै प्रधानमन्त्रीको रूपमा इमरानको अन्तिम दिन हुन सक्ने र जेल समेत जाने उनीहरूको जिकिर थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर