हैदराबाद हाउसबाट देउवा-मोदीले गरे नेपालका चार परियोजनाको संयुक्त उद्घाटन – Nepal Press

हैदराबाद हाउसबाट देउवा-मोदीले गरे नेपालका चार परियोजनाको संयुक्त उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालका महत्वपूर्ण चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । दुवै समकक्षीको भेटवार्ताका क्रममा आज हैदरवाद हाउसमा बसेर भर्चुअल माध्यमबाट परियोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटन भएका परियोजनाहरूमा जनकपुर–जयनगरको ३५ किलोमिटर रेलसेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच ‘रुपी कार्ड’ सञ्चालन रहेका छन् ।

यसअघि दुवै प्रधानमन्त्रीको उपस्थितिमा ‘डेलिगेसन लेभेल’को बैठक बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर