मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुनेछ : प्रधानमन्त्री देउवा  – Nepal Press

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुनेछ : प्रधानमन्त्री देउवा 

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने बताएका छन् । भारत भ्रमणमा रहेका देउवाले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य, ऊर्जा र पर्यटन लगायतका क्षेत्रमा दुई पक्षीय हित प्रवर्द्धन गर्न भ्रमणले सहयोग पुग्ने बताए । नेपाल र भारतबीच प्राचीन कालबाट रही आएको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन जरुरी रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले भोली भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु कोरिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर