म्यादीमा भर्ना हुन आएका इशानको पौडी खेल्नेक्रममा तामाकोशीमा डुबेर मृत्यु – Nepal Press

म्यादीमा भर्ना हुन आएका इशानको पौडी खेल्नेक्रममा तामाकोशीमा डुबेर मृत्यु

काठमाडौं । म्यादी प्रहरीमा भर्ना हुन आएका व्यक्तिको रामेछापको मन्थली एयरपोर्ट नजिकै तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ।

दोरम्बा सैलुङ-२ का १९ वर्षीय इशान विकको पौडी खेल्नेक्रममा शुक्रवार दिउँसो डुबेर मृत्यु भएको रामेछाप प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिए ।

म्यादीको लिखित परीक्षा सुरु हुनुभन्दा दुई घण्टा अघि उनी अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेका थिए ।

‘बिहान साढे ११ बजेतिर बेपत्ता भएको भन्ने खबर आयो । एक बजेदेखि परीक्षा थियो । हामीले करिब २ घण्टाको खोजीपछि विकलाई मृत अवस्थामा भेट्यौँ, डीएसपी थिङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर