थप २२ जनामा कोरोनाभाइरस पुष्टि – Nepal Press

थप २२ जनामा कोरोनाभाइरस पुष्टि

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय १६ पीसीआर परीक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर