अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा – Nepal Press

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा

काबुल । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् ।

गुटरेसले ट्वीट गर्दै लेखेका छन्, ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। नब्बे लाख मानिसहरू भोकमरीको जोखिममा छन्। अर्थव्यवस्था ध्वस्त भएको छ।’

उनले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन् ।

गत वर्ष अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ।
देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ ।

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारको ठूलो रोलब्याक, सेन्सरशिप र मिडियाविरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको छ।

यसबाहेक अफगानिस्तानका मानिसहरूले पनि अभूतपूर्व मानवीय सङ्कटको सामना गरिरहेका छन् जुन अन्तरराष्ट्रिय समुदाय, विशेष गरी अमेरिकाले अफगानिस्तानलाई सहायता कोष र विश्वव्यापी वित्तीय प्रणालीमा पहुँच गर्नबाट रोकेको निर्णय यथावत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर