पीएनजीविरुद्ध एकै ओभरमा नेपाले बनायो ३२ रन – Nepal Press

पीएनजीविरुद्ध एकै ओभरमा नेपाले बनायो ३२ रन

काठमाडौं । पपुवा न्यूगिनीविरुद्ध घरेलु मैदानमा जारी टी-२० म्याचमा नेपालले विष्फोटक ब्याटिङ गरेको छ । खेलको १८ औं ओभरमा मात्रै नेपाली ब्याट्सम्यानहरुले ३२ रन बटुले ।

नोसाइना पोकानाले गरेको बलिङमा नेपालका डेब्यू व्वाई मोहम्मद अडिदल आलम र अनुभवी दिपेन्द्र सिंह ऐरीले ३२ रन बनाएका हुन् । उक्त ओभरमा ४ छक्का र एक चौका प्रहार भएको थियो । तीन वटा छक्का र एक चौका अदिलले हानेका थिए । पाँचौ बलमा छक्का हानेका ऐरी ओभरको अन्तिम बलमा क्याच आउट भए ।

ऐरी ३३ बलमा अर्धसतक बनाएर आउट भएका हुन् । उनले १७ ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । ऐरी र अदिलको विष्फोटक साझेदारीको मद्दतमा नेपाल विशाल स्कोरतर्फ अघि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर