झापाको मेचीनगरमा आगलागी,  ६ लाख बराबरको क्षती – Nepal Press

झापाको मेचीनगरमा आगलागी,  ६ लाख बराबरको क्षती

झापा । झापाको मचीनगरमा आगलागी हुँदा करीव ६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।  मेचीनगर —७ का चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भइ बिहीबार विहान साढे ९ बजे आगलागी हुँदा साे क्षती भएकाे हाे ।

आगलागीका कारण घरभित्र रहेका अन्नपात, इलेक्ट्रोनिक सामान, लत्ताकपडा , फनिचरका सामान, खाद्यन्नलगायत स्टिलका सामग्री डढेर करीव ६ लाख रुपैयाँ मूल्य बराबरका मालसामान क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घर पूर्णरुपमा क्षति भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।

मेचीनगर नगरपालिकाको बारुणयन्त्र समयमा घटनास्थल पुगे पनि बाटो अभावका कारण फर्किएको स्थानीयको भनाइ छ । बाटो साँघुरो भएका कारण बारुणयन्त्र घटनास्थलसम्म पुग्न नसक्दा समयमै आगो नियन्त्रणमा आउन नसकेको र यति ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर