एमाले सरकारले गरेका गौरवपूर्ण काम लिएर जनतामाझ जानुपर्छ : अध्यक्ष ओली – Nepal Press

एमाले सरकारले गरेका गौरवपूर्ण काम लिएर जनतामाझ जानुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले गरेका गौरवपूर्ण कामहरू जनतामाझ लिएर जान पार्टी पंतिलाई निर्देशन दिएका छन् ।

आसन्न स्थानीय निर्वाचनको प्रतिबद्धता पत्र तयारीका लागि आयोजित भर्चुअल कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध महागठबन्धन बनेको भन्दै कुनै द्विविधा नराखी चुनावी तयारीमा होमिन निर्देशन दिएका हुन् ।

‘हामीविरुद्ध सबै पार्टी एक भएका छन् । एमाले एउटा शक्ति हो, बाँकी सबै पार्टी अर्को शक्ति हुन् । यसमा कुनै द्विविधा नराखी काम गरौं’, ओलीले भने ।

एमाले नेतृत्वको सरकारले राष्ट्र, जनता र समृद्धिका पक्षमा गरेका कामहरू घोषणापत्र मार्फत जनतामा पुर्‍याउनुपर्नेमा ओलीको जोड रहेको थियो ।

कार्यशालामा प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सैद्धान्तिक पक्षबारे प्रकाश पारेका थिए । त्यस्तै समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रको खाका संक्षिप्तमा प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर