सदनमा आउन छाडे सांसद, गणपुरक नपुगेपछि बैठक स्थगित – Nepal Press
मधेस प्रदेश

सदनमा आउन छाडे सांसद, गणपुरक नपुगेपछि बैठक स्थगित

जनकपुरधाम । मधेस प्रदेशसभाको आठौं अधिवेशनको १४औं बैठक आज साढे २ मिनेट जति मात्र बस्यो ।

सभामुख सरोजकुमार यादवले बैठकको सुरू गरेलगत्तै प्रतिपक्षी दल लोसपाका सांसद प्रमेश्वर साहले गणपुरक संख्या नपुगेकाले बैठक अगाडि नबढाउन आग्रह गरे । त्यसपछि सभामुख यादवले बैठक भोलिसम्मलाई स्थगित गरेका छन् ।

यस्तै प्रतिपक्षी नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ ले सांसदहरू बैठकमा उपस्थित नहुने गरेकोमा आपत्ति जनाए । उनले सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको गुनासो गरे ।

लगातार १० वटा बैठकमा उपस्थित नहुने सांसदको पद गुम्ने प्रावधान रहेको भन्दै सांसद साहले यसतर्फ पनि सभामुखको ध्यानाकर्षण गराए । उनले मन्तव्य राखिरहेकै बेला सभामुख यादवले बैठक स्थगित गरे ।

उनका अनुसार अबको बैठक विहीबार विहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर