बिमस्टेकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवा – Nepal Press

बिमस्टेकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

 

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा आज बुधबार सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिमस्टेक आजबाट सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिमस्टेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर