भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुई जना प्रहरीको नियन्त्रणमा – Nepal Press

भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षकको नेतृत्वमा परिचालित टोलीले सोमबार राती साढे ११ बजे सुनसरी स्थायी घर भएका ४६ वर्षका मदन कार्की र सर्लाही स्थायी घर भएका ३३ वर्षका वबिरमान भोलनलाई पक्राउ गरेको हो ।

उनीहरु काठमाडौंमा रहेको छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्दारा संचालित वाल्डो क्यासिनोमामा चेक जाँच गर्दा ३० टेवुल मध्ये १ सय १४ नम्बर टेवुलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका व्यक्तिबाट पहेलो रंगको ५० हजारको क्वाईन एक थान, कालो रंगको १० हजारको क्वाईन तीन थान, निलो रंगको पाँच पाँच हजारको क्वाइन दुई थान, निलो रंगको एक हजारको क्वाईन नौ थान, भारतीय नक्कली आधार कार्ड दुई थान, गरेर ९९ हजारको १५ जान क्वाईन नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई तत्काल पक्राउ गरी काठमाडौ जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमार्फत जिल्ला प्रशासन कार्यालय ववरमहल काठमाडौबाट जुवा ऐनमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । उनीहरुको साथवाट मानव शर्मा र विर भुटीया नामको भारतीय आधार कार्डसमेत फेला परेकाले भारतीय आधार कार्ड नक्कली हुन सक्ने भएकाले त्यस बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर