स्थानीय निर्वाचन- यी हुन् सिन्धुपाल्चोकमा मुख्य तीन दलका पालिका प्रमुख पदका आकांक्षी – Nepal Press

स्थानीय निर्वाचन- यी हुन् सिन्धुपाल्चोकमा मुख्य तीन दलका पालिका प्रमुख पदका आकांक्षी

चौतारा । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकका प्रमुख तीन राजनीतिक दलहरू अहिले चुनावी अभियान लिएर गाउँ गाउँमा पुगेका छन् भने उम्मेदवार छनोटको गृहकार्य पनि दलहरूले सुरु गरेका छन् । प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरू अहिले चुनावी अभियान लिएर गाउँ गाउँमा पुगेका हुन् ।

निर्वाचन नजिकिँदै गर्दा गाउँपालिका र नगरपालिकामा प्रमुखका आकांक्षीहरुले पनि दौडधुप सुरु गरेका छन् । तीन नगरपालिका र सात गाउँपालिका सहित १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा २०७४ को स्थानीय निर्वाचनमा एमाले एक्लैले सात तह जितेको थियो भने कांग्रेसले ती र माओवादी केन्द्रले दुई स्थानीय तह जितेको थियो

आफूलाई उम्मेदवार बनाउन सहयोग गर्न नेताहरूको दैलो धाउनेहरूको भीड पनि बााक्लिदै गएको छ। ’उम्मेदवार बनाइदिन अनुरोध गर्न आउनेहरू धेरै छन्, तर पार्टीले आधिकारिक निर्णय गरेको छैन,’ कांग्रेसका एक नेता भन्छन् । उनका अनुसार युवादेखि पुराना पुस्ता दुवै उम्मेदवारका आकाङ्क्षी छन् । स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकमा तिन नगरपालिका र नौ गाउँपालिकामा मुख्यतः प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय भइसकेको छ भने कांग्रेसले अहिलेसम्म निर्णय गर्न सकेको छैन । केन्द्रबाट निर्णय भइसकेकाले सायद जिल्लाले पनि निर्णय गर्नेछ । माओवादी र समाजवादीले केन्द्रको जस्तै गठबन्धन गरेर जानका लागि कांग्रेससँग आग्रह गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

नेकपा एमालेले पनि माओवादी केन्द्रसँग केही स्थानीय तहमा गठबन्धन गरेर जान सकिन्छ कि भनेर छलफल चलाएको छ । ‘माओवादी केन्द्रका साथीहरूले पनि केही स्थानीय तहमा मिलेर जाऊँ भनेर प्रस्ताव गर्नुभएको छ,’ एमाले जिल्ला अध्यक्ष कमल नेपाल भन्छन् ‘ केही स्थानीय तहमा हाम्रो साथीहरूले पनि माओवादीसँग मिलेर जानुपर्छ भनेका छन्’ ।

कांग्रेस,माओवादी र नेकपा एसबीच गठबन्धन भए एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जाने एमाले जिल्ला अध्यक्ष नेपालले जानकारी दिए ।

स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णयपछि जिल्ला तहमा पनि अब आफूहरूले छलफल गर्ने नेपाली कांग्रेस बागमती प्रदेशका सह महामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।

‘अब जिल्लामा गठबन्धनका दलहरूबिच छलफल हुन्छ,सायद केन्द्रीय निर्णय अनुसार नै गठबन्धन हुन्छ होला’ श्रेष्ठले भने ।

यस्ता छन् प्रमुखका आकाङ्क्षीहरू

चुनावको मिति नजिकिँदै गर्दा तीन स्थानीय सरकारका प्रमुख बाहेक अरू सबैले यो पटक दोहोर्‍याउने इच्छा व्यक्त गरेका छन् । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ बाहेक अन्य सबै स्थानीय तहका प्रमुखहरूले पाँच वर्षमा आफूहरूले सुरु गरेका योजना,लक्ष्य र उद्देश्य पुरा नभएकाले त्यसलाई पुरा गर्न भन्दै पुन उम्मेदवार हुने इच्छा व्यक्त गरेका हुन् ।

भोटेकोशी गाउँपालिका

नेकपा एमालेः अमृत खडका (सर्वसम्मत)

नेपाली कांग्रेसः कमलकुमार श्रेष्ठ,दोर्जे लामा हाउडे

माओवादी केन्द्रः राजकुमार पौडेल,आङछिरीङ शेर्पा

बाह्रविसे नगरपालिका

नेकपा एमालेः निमफुञ्जो शेर्पा,शुसिला पाख्रिन,

नेपाली कांग्रेसः बालकृष्ण बस्नेत

माओवादी केन्द्रः बुद्धराज बस्नेत

त्रिपुरासुन्दरी गाउँपालिका

नेकपा एमालेः मेघनाथ पौडेल, भुपेन्द्र श्रेष्ठ

नेपाली कांग्रेसः भक्तध्वज बोहरा

माओवादी केन्द्रः अनन्तप्रकाश श्रेष्ठ, बिर्खबहादुर श्रेष्ठ

लिसंखुपाखर गाउँपालिका

नेकपा एमालेः सूर्य लामा, हेमगंगा मोक्तान, प्रदिप भण्डारी

नेपाली कांग्रेसः जोगलाल तामाङ

माओवादी केन्द्रः राजु लामा, पूर्णबहादुर तामाङ

सुनकोशी गाउँपालिका

नेकपा एमालेः टपिन्द्र तिमिल्सिना, प्रेमलाल लामा, पुरुषोतम प्याकुरेल

नेपाली कांग्रेसः श्रवणकुमार जिसी, रामकुमार थापा, रुपकाजी लामा

माओवादी केन्द्रः अमर लामा, दुर्गा थापा

बलेफी गाउँपालिका

नेकपा एमालेः नारायणकाजी श्रेष्ठ, कमला श्रेष्ठ, कार्केल लामा

नेपाली कांग्रेसः कृष्ण क्षेत्री, कृष्ण आचार्य, सुवास तिमिल्सिना, रामकुमार लामा

माओवादी केन्द्रः गंगाबहादुर तामाङ, प्रताप तामाङ

जुगल गाउँपालिका

नेकपा एमालेः होमनारयण श्रेष्ठ, जेपी सिलवाल, लक्ष्मण दोङ

नेपाली कांग्रेसः जयबहादुर तामाङ, हिमाल श्रेष्ठ

माओवादी केन्द्रः रेशम स्याङबो, इश्वर गुभाजु,

चौतारा साँगाचोकगढी नगरपालिका

नेकपा एमालेः बादल तामाङ, इन्द्र नेपाल

नेपाली कांग्रेसः झलक नेपाल, केशवराज गिरी, इन्द्रलोचन धिताल

माओवादी केन्द्रः कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ

इन्द्रावती गाउँपालिका

नेकपा एमालेः झम्क नेपाल, शशिनाथ आचार्य, सचिवालय सदस्य शिवहरि सापकोटा

नेपाली कांग्रेसः बिलबहादुर तामाङ, जिवन थापा मगर, इच्छाराम दंगाल

माओवादी केन्द्रः ठुलोबाबु श्रेष्ठ, विरबहादुर तामाङ

मेलम्ची नगरपालिका

नेकपा एमालेः डम्बर अर्याल, बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाई

नेपाली कांग्रेसः आइतामान तामाङ, बसन्त गुरुङ, मधुसुधन सिग्देल

माओवादी केन्द्रः चन्द्रबहादुर थापा, सिपी दुलाल

पाँचपोखरी थाङपाल गाउँपालिका

नेकपा एमालेः टासी लामा ह्योल्मो, निर्मल बन्जरा, माधव पाण्डे, सोमर बम्जन

नेपाली कांग्रेसः पासाङ दोङ, देवेन्द्र खत्री

माओवादी केन्द्रः दोर्जे तामाङ, गोपाल स्याङबो

हेलम्बु गाउँपालिका

नेकपा एमालेः अर्जुन भण्डारी, दावा ह्योल्मो

नेपाली कांग्रेसः निमाग्याल्जेन शेर्पा

माओवादी केन्द्रः भरत थापा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर