कैलालीमा वडासम्मै गठबन्धन गर्नेमा सैद्धान्तिक सहमति – Nepal Press

कैलालीमा वडासम्मै गठबन्धन गर्नेमा सैद्धान्तिक सहमति

कैलाली । कैलालीका सबै स्थानीय तहमा गठबन्धन गरेर जाने विषयमा आज सत्ता गठबन्धन बिचका दलहरूमा सैद्धान्तिक सहमति भएको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा एकीकृत समाजवादी पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारी, माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायणदत्त भट्ट राजपाको तर्फबाट गयाप्रसाद चौधरी र जनमोर्चाको तर्फबाट नन्दराज भट्ट उपस्थित थिए । उनीहरूले स्थानीय तहमा गठबन्धन गर्न आवश्यक रहेको भन्दै गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेका हुन् ।

‘बैठकमा कुनै पनि निर्णय भएको छैन। तर, गठबन्धन गर्न आवश्यक रहेको भन्दै सैद्धान्तिक सहमति भएको छ’ माओवादी कैलाली इन्चार्ज ज्ञवालीले भने, ‘चाडै वडै सम्म गठबन्धन गर्ने खाका ल्याउने विषयमा छलफल भएको हो ।’

जिल्लाका पार्टीको अवस्था हेरेर भागबन्डा गरिनु पर्ने बताएका थिए ।

बैठकमा एकीकृत समाजवादी दलका नेता सोडारीले पनि गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए ।

कांग्रेस कैलाली सभापति भट्टले भने आफूले यस विषयमा वडा स्तर सम्मै धारणा बुझेर गठबन्धन गरिने बताएका थिए । ‘वडाबाट रिपोर्ट आएपछि हामी छलफल गर्छौं’ उनले बैठकमा भनेका थिए ,‘केन्द्रीय सदस्यहरूलाई राखेर म सहमतिको प्रयास गर्छु ।’

उनले सहमति गरेर निर्वाचनमा जानु पर्नेमा जोड दिएका थिए । माओवादी इन्चार्ज ज्ञवालीले गठबन्धन गर्नु पर्ने भए चाडै निर्णय गर्नु पर्ने बताएका थिए ।

हिजो पनि माओवादी, समाजवादी र समाजवादी पार्टीका नेताहरूले अनौपचारिक छलफल गरेका थिए ।

नेपाली कांग्रेसमा सभापति भट्टले यस विषयमा २२ गते जिल्ला कार्य समितिको बैठकमा थप छलफल गरिने बताए । आज हामीले गठबन्धन गर्नुपर्छ भन्नेमा छलफल गरेका हौँ उनले नेपाल प्रेसलाई भने- कसरी गर्ने भन्ने बारे हामी २२ गते छलफल गर्छौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर