नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कोलम्बोमा वार्ता, रामायण सर्किट अघि बढाउन सहमत – Nepal Press

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कोलम्बोमा वार्ता, रामायण सर्किट अघि बढाउन सहमत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा दुई देशका परराष्ट्र मन्त्रीबीच कोलम्बोमा वार्ता भएको छ ।

विमस्टेक सम्मेलनमा भाग लिन गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भ्रमण तयारीको बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले भेटवार्तामा कनेक्टिभिटी, ऊर्जा, मल खाद तथा स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताएका छन् ।

उनले रामायण सर्किटलाई अघि बढाउने विषयमा सहमति भएको समेत जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर