राखेप सदस्यसचिवबाट हटाइएका सिलवालको रिटमा सुनुवाइ हुँदै – Nepal Press

राखेप सदस्यसचिवबाट हटाइएका सिलवालको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्यसचिवबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । आजको पहिलो इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने ठहर गर्नेछ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका हुन् ।

उनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सिलवाललाई हटाउने र घिसिङलाई नियुक्त गर्ने दुवै निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशले आफूलाई काममा फर्कन नरोक्ने भन्दै सिलवाल राखेप जाने तयारीमा देखिए पनि उनलाई रोकिएको थियो ।
अल्पकालीन अन्तरिम आदेश जारी गरेर दुवै पक्षलाई छलफलका लागि बोलाए पनि लामो समयपछि सर्वोच्चमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।

सिलवालले कात्तिक २७ गते रिट दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *