मेक्सिकोको लास टिनाजस सहरमा गोली चल्यो, १९ जनाको मृत्यु – Nepal Press

मेक्सिकोको लास टिनाजस सहरमा गोली चल्यो, १९ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।

‘तीनजना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।

आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।

अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानूनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर