प्रधानमन्त्रीको भारत भ्रमण तालिका सार्वजनिक, शनिबार समकक्षी मोदीसँग भेटवार्ता – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमण तालिका सार्वजनिक, शनिबार समकक्षी मोदीसँग भेटवार्ता

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा देउवा शुक्रबार भारत प्रस्थान गर्नेछन् । देउवाको साथमा उनकी पत्नी आरजू राणा, पराराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली भारत जानेछ ।

भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवा आइतबार स्वादेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर