कपिलवस्तुको भीड देखाउँदै पोखरेलले भने- एमालेको विजययात्रालाई गठबन्धनले रोक्न सक्दैन – Nepal Press

कपिलवस्तुको भीड देखाउँदै पोखरेलले भने- एमालेको विजययात्रालाई गठबन्धनले रोक्न सक्दैन

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराईमा एमालेप्रतिको बढ्दो आकर्षणले एमाले पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने देखिएको दाबी गरेका छन् ।

कपिलवस्तुमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता पोखरेलले अहिले आएको देशव्यापी लहरले कुनै गठबन्धनले एमालेको विजययात्रा रोक्न नसक्ने बताए ।

‘हिजो एमाले र नेता केपी ओलीलाई तराई मधेसको विरोधी भन्नेहरूले अहिले कुनै कोठामा बसेर हेरिरहेका होलान् एमालेको जनलहर, एमाले नेतृत्वको सरकारले तराईको विकासमा गरेको विकासको नेतृत्वलाई तराईका जनताले कसरी पत्याए भनेर’, पोखरेलले भने ।

पोखरेलले तराई मधेसका नागरिकको अधिकार प्रत्यायोजनका, नागरिकताकाको अन्यौलता सम्बोधन, संविधान कार्यान्वयन, विकासे योजनाको संयोजन, तराईमा भएका शक्तिहरू बीचको समन्ययता नै एमाले र अध्यक्ष केपी ओलीले मधेसी जनताको मन जित्ने मुख्य आधारका रूपमा पेस गरे ।

कपिलवस्तुको विकासलाई आफ्नो नेतृत्वको प्रदेश सरकारले विशेष ध्यान दिएको, दीर्घकालीन विकासका योजनाका वृहत योजनालाई अगाडि सारेको बताउँदै महासचिव पोखरेलले समृद्ध कपिलवस्तु बनाउने योजना एमालेले पूरा गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर