२९ अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार – Nepal Press

२९ अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ । आज नेप्से २९.९८ बिन्दुले घटेको छ । १.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४२.२८ अंकमा झर्‍यो ।

२ सय ३१ वटा कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर किनबेचमा आज २ अर्ब ५४ करोड ५३ लाख २१ हजार कारोबार भयो ।

आज राष्ट्र उत्थान लाघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । भने, जीवन विकास लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ ।

सो कम्पनीको २२ करोड २४ लाख ७० हजार रूपैयाँको सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर