भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने- रोल्पाले पूर्वाधार विकासमा ठूलो प्रगति गर्‍यो – Nepal Press

भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने- रोल्पाले पूर्वाधार विकासमा ठूलो प्रगति गर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा नवनिर्वित भ्यूटावरको उद्घाटन गरेका छन् । उनले क्रान्तिकालमा मात्रै नभएर रोल्पाले शान्तिकालमा पनि विकास-निर्माण र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने स्पष्ट भएको बताए ।

जनयुद्धको पछिल्लो दुई वर्ष आफूले रोल्पाका गाउँबस्तीमा बिताएको प्रचण्डले स्मरण गरेका थिए ।

उनले सुनाए, ‘लडाइँका बेला अप्ठेरो पर्‍यो भने म रोल्पा आउने गर्थेँ । भेटघाट र अन्तरक्रिया गरेपछि नयाँ ऊर्जा प्राप्त हुन्थ्यो । नयाँ योजना बनाएर क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउने अठोट लिएर जान्थेँ ।’

प्रचण्डले अहिले पूर्वाधार विस्तारमा रोल्पाले राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गरे ।

‘रक गार्डेन र भ्यूटावरले राम्रो पर्यटकीय गन्तव्यका रूपमा रोल्पालाई विकास गरेको छ । यसलाई स्वर्गद्वारीसँग् जोडे देशभरिबाट नै पर्यटक आउनेछन् ।’

भ्यूटावरले जनयुद्ध संग्रहालयको पनि भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

‘म असाध्यै खुसी र गौरवान्वित भएको छु’ प्रचण्डले भने ।


प्रतिक्रिया

One thought on “भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने- रोल्पाले पूर्वाधार विकासमा ठूलो प्रगति गर्‍यो

  1. चितवनमा भनिदिए चितवनले नमूना विकास गर्याे । राेल्पामा भनिदिए ठूलाे प्रगति गर्याे । लडाईकाे बेलामा अप्ठेराे पर्दा राेल्पा आउँथें । कि मासुकाे स्वाद फेर्न हाे ? मासुकाे पारखी रे । चटकेका कुरा के बुझ्ने के नबुझ्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर