पीएनजीविरुद्ध जीतको लक्ष्यमा नेपाल – Nepal Press

पीएनजीविरुद्ध जीतको लक्ष्यमा नेपाल

काठमाडौं । घेरेलु मैदानमा पपुवा न्यूगिनि (पीएनजी)सँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपालले आज पीएनजीसँगै टी–२० सिरिजको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो साँढे १२ बजे सुरु हुने खेलमा नेपालका लागि यसअघिका हारहरुको बदला लिने अवसर छ । त्यसैले नेपाली टोली जीतको लक्ष्यसहित मैदान उत्रिनेछ ।

पहिलो एकदिवसीय खेलमा पीएनजीसँग ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा तीन विकेटले हारेको थियो ।

नेपालले एकदिवसीय र टी–२० का लागि दुई फरक टोली बनाएको छ । एक दिवसीयमा रहेका कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिँह ऐरी, सागर ढकाल र कमलसिँह ऐरीसहित टी–२० मा परेका करण केसी, कुशल मल्ल, लोकेश बम, दीलीप नाथ, आदिल अन्सरी, विवेक यादव र अविनास बोहोरा टी–२० सिरिजमा छन् ।

चैत्त २१ गतेसम्म आयोजना हुने त्रिदेसीय टी–२० सिरिजमा नेपाल, पीएनजीसहित मलेसियाको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर