पीएनजीविरुद्ध चुकेको नेपाल, टिम छनोटमै ‘ब्लन्डर’ – Nepal Press

पीएनजीविरुद्ध चुकेको नेपाल, टिम छनोटमै ‘ब्लन्डर’

काठमाडौं । कमजोर आँकिएको पपुवा न्यूगिनीले नेपालविरुद्ध दुई म्याचको ओडीआई सिरिज क्लीन स्वीप गरेको छ । घरेलु मैदानमै प्राप्त भएको यो अनपेक्षित नतिजा नेपाली क्रिकेटका निम्ति ‘खतराको घण्टी’ हो ।

दुवै म्याचको विश्लेषण गर्दा सहजरूपमा निकाल्न सकिने निस्कर्ष हो- नेपालको बलिङ चलेन । ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे पनि बलरहरूले निराश बनाए । पहिलो म्याचमा पीएनजीले सोचेभन्दा ठूलो स्कोर बनायो । ब्याट्सम्यानहरू लक्ष्यको नजिक पुगे पनि फिनिसिङ गर्न चुके । दोस्रोमा पहिलो ब्याटिङ गरेको नेपालले बलियो स्कोर खडा गर्‍यो, तर बलरले त्यसलाई रक्षा गर्न सकेनन् ।

विगतको नतिजाका आधारमा हेर्दा नेपालभन्दा पपुवा न्यूगिनी कमजोर टिम हो । त्यसमाथि घरेलु मैदानको फाइदा पनि हुने भएकाले यो श्रृंखलामा नेपाललाई बलियो मानिएको थियो । नतिजा भने उल्टो आयो । यो हारलाई फर्केर हेर्दा नेपालले सबैभन्दा ठूलो गल्ती टिम छनोटमै गरेको देखिन्छ ।

श्रृंखला सुरू हुनुअघि नेपाल क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय र टी-२० का लागि बेग्लाबेग्लै टिम घोषणा गरेको थियो । सन्दिपसहित आरिफ शेख कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी दुवै टिममा साझा छन् । अनिल शाह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र भीम सार्की एक दिवसीयमा मात्रै छन् । टी-२० मा मात्रै परेका खेलाडीहरू करण केसी, अविनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी हुन् ।

दुवै म्याचको विश्लेषण गर्दा सहजरूपमा निकाल्न सकिने निस्कर्ष हो- नेपालको बलिङ चलेन । ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे पनि बलरहरूले निराश बनाए । पहिलो म्याचमा पीएनजीले सोचेभन्दा ठूलो स्कोर बनायो । ब्याट्सम्यानहरू लक्ष्यको नजिक पुगे पनि फिनिसिङ गर्न चुके । दोस्रोमा पहिलो ब्याटिङ गरेको नेपालले बलियो स्कोर खडा गर्‍यो, तर बलरले त्यसलाई रक्षा गर्न सकेनन् ।

नेपालले टिम छनोट गर्दा सिनियर खेलाडीहरूलाई एकैपटक विश्राम दिएर पहिलो गल्ती गर्‍यो । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र विनोद भण्डारीले दुवै टिममा स्थान बनाउन सकेनन् । विनोद लामो समयदेखि खराब फर्ममा रहेकाले उनले स्थान नपाउनु अस्वभाविक थिएन । तर, ज्ञानेन्द्र मल्ललाई पनि बाइपास गर्नुमा क्यानको पूर्वाग्रह झल्किएको छ । ज्ञानेन्द्र आफ्नो उत्कृष्ट लयमा थिएनन् पक्कै पनि, तर उनीजस्तो अनुभवि ब्याट्सम्यानलाई केही म्याचहरूमा असफल हुँदैमा टिमबाट निकाल्नु अपमानजनक हो । ज्ञानेन्द्र र शरद एकैपटक अनुपस्थित हुँदा नेपालको ब्याटिङपंतिमा अनुभवको कमि खट्किएको छ ।

नेपालका प्रमुख बलर तथा पिन्च हिटर ब्याट्सम्यान करण केसीलाई पनि एकदिवसीय टिमबाट राख्नु अर्को गल्ति हो । नेपाललाई बलिङबाट मात्र होइन, ब्याटिङबाट पनि धेरै खेल जिताएका ‘म्याचविनर’ हुन् उनी । उनको स्थानमा गुल्शन झाजस्ता अनुभवहीन खेलाडी समावेश गर्दा नेपालले महंगो मूल्य चुकाउनुपरेको छ । हिजोको म्याचमा गूल्शनले एकै ओभरमा २० रन खर्चिन पुगे ।

टिम छनोटका क्रममा अन्यायमा परेका अर्का खेलाडी हुन् आसिफ सेख । कुशल भुर्तेलसँग ओपनिङ जोडीका रूपमा खेल्ने गरेका आसिफ पछिल्लो समय खराब ब्याटिङ फर्ममा थिए । तर, घरेलु मैदानमा हुने खेलमा आसिफलाई टिममा राख्नु अत्यावश्यक थियो । त्रिविको मैदानमा उनको ब्याटिङ निकै राम्रो चल्ने गरेको छ । कुशलसँग मिलेर खासगरि, टी- २० मा आसिफले लामो साझेदारीहरू गरेका छन् । यो जोडीलाई भत्काउने बेला भएको थिए । घरेलु मैदानमा हुने खेल आसिफका लागि फर्ममा फर्किने अवसर पनि हुन सक्थ्यो ।

आसिफको स्थानमा ल्याइएका विकेटकिपर ब्याट्सम्यान अनिल साह अन्तर्राष्ट्रिय स्तरमा आफूलाई योग्य सावित गरेका खेलाडी होइनन् । उनले विगतमा केही अवसर पाए पनि खासै उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । पीएनजीसँगको दुवै म्याचमा उनी नेपालका लागि बोझ मात्रै बने । दुबै म्याचमा उनको ब्याटबाट रन निस्कन सकेन । अब अर्को एकदिवसीयमा उनले फेरि अवसर पाए भने त्यो आश्चर्य हुने छ ।

दुवै म्याचमा नेपालको ब्याटिङ भने प्रशंसालायक थियो । पहिलोपटक लगातार म्याचमा नेपाली ब्याट्सम्यानले दुर्लभ सतक हिर्काए । खासगरी पहिलो म्याचमा १९ वर्षिय रोहितकुमार पौडेलले बनाएको सतकलाई कुनै पनि नेपाली ब्याट्सम्यानले खेलेको उत्कृष्ट इनिङका रूपमा लिन सकिन्छ । दोस्रो म्याचमा देव खनालको ब्याटिङले पनि धेरै आशा जगाएको छ ।

टिम छनोटमा मात्र होइन, नेपालले प्लेइङ ११ को चयनमा पनि गल्ति गर्यो । त्रिविको पिचमा ब्याटिङ सहज हुने नेपाललाई राम्रो जानकारी थियो । यस्तोमा नेपालले आफ्नो बलिङलाई बलियो बनाउनुपर्ने थियो । तर, कोचले टिममा केवल तीन जना विशेषज्ञ बलरहरू समावेश गरी अलराउन्डरमा भर परे । नेपालले पहिलो म्याचमा सन्दिप लामिछाने, कमल सिंह ऐरी र सोमपाल कामीलाई खेलाएको थियो भने दोस्रोमा कमलको स्थानमा गुलशनलाई दिइयो । चौथो बलरको भूमिका दिपेन्द्र सिंह ऐरीले निभाए, तर पाचौं बलरको अभाव नेपाललाई खट्कियो ।

दुवै म्याचमा नेपालको ब्याटिङ भने प्रशंसालायक थियो । पहिलोपटक लगातार म्याचमा नेपाली ब्याट्सम्यानले दुर्लभ सतक हिर्काए । खासगरी पहिलो म्याचमा १९ वर्षिय रोहितकुमार पौडेलले बनाएको सतकलाई कुनै पनि नेपाली ब्याट्सम्यानले खेलेको उत्कृष्ट इनिङका रूपमा लिन सकिन्छ । दोस्रो म्याचमा देव खनालको ब्याटिङले पनि धेरै आशा जगाएको छ ।

तर, नेपालको बलिङ स्तर खस्किनु चाहिँ ठूलो चिन्ताको विषय हो । विगतमा बलिङलाई नै नेपालको मूख्य हतियार मान्ने गरिन्थ्यो । तर, अहिले बलिङमा त्यो धार गुमेको छ । स्पिनतर्फ ठिकठाक भए पनि नेपालको फास्ट बलिङ कमजोर बनेको छ । ब्याटिङलाई थोरै सहयोग गर्ने पीचमा नेपालका फास्ट बलरहरू बिल्कुल निस्प्रभावी सावित हुने गरेका छन् । सोमपाल कामीकै प्रदर्शनमा एकरूपता छैन । स्तरीय फास्ट बलरको खोजी अब प्रशिक्षकको प्राथमिकतामा रहनुपर्छ ।


प्रतिक्रिया

One thought on “पीएनजीविरुद्ध चुकेको नेपाल, टिम छनोटमै ‘ब्लन्डर’

  1. सन्दिप लाई कप्तान बनाउनु भन्दा दिपेन्द्र लाई कप्तान दिने कि उपकप्तान पहिले नै भैसकेको धेरै अनुभ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर