तटबन्धन निर्माणका लागि लमजुङ समाज युकेको आर्थिक सहयोग – Nepal Press

तटबन्धन निर्माणका लागि लमजुङ समाज युकेको आर्थिक सहयोग

लमजुङ । लमजुङ समाज युकेले लमजुङको दोर्दी गउँपालिका ८ हिले बजारलाई आर्थिक सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पुर्‍याएको स्थानमा तटबन्धन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।

समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्धन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका–८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

समाजले केही महिनाअघि पनि दोर्दीखोलामा तटबन्दन निर्माणको लागि ९ लाख १ हजार ४२ रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए । लमजुङ समाज युकेले हाल सम्म वडामा तटबन्दन निमार्णका गर्नलाई १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए ।

जोखिममा रहेको दोर्दीको हिलेबजारका स्थानीयलाई आगामी दिनमा बाढीबाट सुरक्षित हुनका लागि सहयोग होस भनि तटबन्धन निर्माणका लागि सहयोग गरिएको समाजले जनाएको छ ।

गत असारको सुरुवातमै आएको बाढीले हिलेबजारका २० घरका साथै एक सामुदायिक भवन समेत बगाएको थियो । बढीका कारण बजारमा ५५ घर र झोलुङे पुल समेत उच्च जोखिममा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर