एमाले स्थायी कमिटी बैठक बस्दै, चुनावलक्षित ठोस कार्ययोजना तय गरिने – Nepal Press

एमाले स्थायी कमिटी बैठक बस्दै, चुनावलक्षित ठोस कार्ययोजना तय गरिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको प्रथम बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले चुनावलक्षित ठोस कार्ययोजना तय गर्ने उनले बताए । ‘बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइनेछ’, रिजालले भने ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चारजना पदेन सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर