रुसी युद्धपोत ध्वस्त गरेको युक्रेनी जलसेनाको दाबी – Nepal Press

रुसी युद्धपोत ध्वस्त गरेको युक्रेनी जलसेनाको दाबी

काठमाडौं । युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको युद्ध पोत ध्वस्त पारेको दाबी गरेको छ । सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही पर ठूलो विस्फोटन भएको र आगोको लप्का उठेको देखिएको छ ।

उक्त पानीजहाजमा के कारणले विस्फोटन भयो र कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन । उक्त क्षेत्रमा रुसले कब्जा गरेको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी सेनालाई ‘शक्तिशाली धक्का’ दिएको दाबी गरेका छन् । उनले युक्रेनमा आक्रमण सुरु भएयता १६ हजार रुसी सेनाले ज्यान गुमाएको समेत दाबी गरेका छन्  ।

रुसले भने युद्ध सुरु भएदेखि १ हजार ३५१ सैनिकको मृत्यु भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर