सांसद प्रमोद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप – Nepal Press

सांसद प्रमोद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहमाथि नेकपा एमालेले आक्रमण गरेको आरोप लगाएको छ ।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन् ।

कामको सिलसिलामा गृह जिल्ला पुगेका सांसद साह र अन्य कार्यकर्ताहरूमाथि नेकपा एमालेका कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट आक्रमण गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं हुने समेत जसपाले दिएको छ ।

उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जसपाले माग गरेको छ ।

क्लबको जग्गाको विषयमा दुई पक्षबीच भएको झडपमा सांसद साह, उनका सुरक्षा गार्ड र जसपाका केही कार्यकर्ता घाइते भएका छन् ।

सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर